नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम भने घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक २.१९ अंकले वृद्धि भएर १९९५.२१ विन्दुमा अडिएको छ। नेप्से सामान्य बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। 

आइतबार नेप्से परिसूचक ३३.६६ अंकले घट्दा २ अर्ब ५ करोड र सोमबार ३.७६ अंकले बढ्दा १ अर्ब २६ करोड बढीको कारोबार भएको थियो। सोमबार नेप्से सामान्य अंकले बढी पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको थियो। 

आज २२६ कम्पनीका २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको सेयर कारोबार भयो।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयरमा सकारात्मक सर्किट लाग्यो। 

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक बढ्यो भने ६ को घट्यो।

अदर्स समूहको सूचक सर्वाधिक २।२९ प्रतिशतले बढ्यो। बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, नन लाइफ  इन्स्योरेन्स र हाइड्रोवापर समूहको सूचक घटेको हो।

नेपाल दूरसंचार कम्पनी ९ करोड ५७ लाख बढीको सेयर कारोबार गरी पहिलो स्थानमा रह्यो।