परिसूचकसँगै खुम्चियाे काराेबार रकम,फाइनान्समा झुम्मिए लगानीकर्ता

‘बैंकिङ्ग समूह ० दशमलव २३ अंकले घट्यो’ 


 काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशलमव २६ अंकले घटेर २,६७८ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड माथिको शेयर कारोबार भएको छ । आज एनआरएनको सर्वाधिक ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सीएचडीसीको २६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत कम्पनीको २० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मातृभुमी लघुवित्त वित्तीय संस्था र कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ता, इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

पोखरा फाइनान्सका लगानीकर्ताले पनि ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका हुन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज बैंकिङ्ग समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५८ प्रतिशत, हाइड्रोपावर समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेकोछ । आज फाइनान्स समूहको १.८८ प्रतिशतले शेयर मुल्य बढेको छ ।