काठमाडौं – सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।
सभाले आईपीओ निष्कासन गर्ने प्रयोजनार्थ प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ। यसका साथै बैंकले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिने जनाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदनहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।



About Us
प्रतिक्रिया