सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

‘२३ सय रुपैयाँले बढ्यो सुन’


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी रकमको वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतिताेला २३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियाे ।