बीमा ऐन लागू भएको २६ महिनापछि सरकारद्वारा नियमावली स्वीकृत



काठमाडौं– सरकारले २ बर्षदेखि रोकिरहेको बीमा नियामावली २०८१ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको हो। २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ वर्षपछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो। यस सगैं अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

बीमा नियमावली जारी गर्न प्राधिकरणले अर्थमन्त्रालयमा पेश गरेको वर्ष दिन बित्न लाग्दा पनि बीमा नियमावली जारी भएको थिएन् । बीमा प्राधिकरणबाट नियमावली स्वीकृतिका लागि मन्त्रालय पठाउन पटकपटक धाउँदा पनि कुनै प्रतिकृया नपाएको अवस्थामा विभिन्न पक्षबाट बीमाको काममा प्रभाव परेको थियो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले एशियाली विकास बैंकको एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्याण्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर ९ नेपाली रुपैयाँ २७ करोड ७३ लाख० अनुदान सहायता स्वीकार गरेको बताए ।