नेको इन्स्योरेन्सको मुनाफा १५ करोड



काठमाडौं – नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यसअवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २९.४८ प्रतिशतले कम हो ।

यसअवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९ करोड ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको आम्दानी समेत ९९ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ताूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । पुष मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५.५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २८१.९५ रुपैयाँ पुगेको छ ।