स्वावलम्बन लघुवित्तकाे आरुघाट शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तकाे आरुघाट शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय आरुघाटले १ दिने वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सप्रन्न गरेको छ । शाखा कार्यालय आरुघाटको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर २३ का केन्द्र प्रमुख बबिता भट्ट बरामले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि कल्लेरि आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर मगर रहेका थिए । विशिष्ट अतिथिमा संस्थाका प्रबन्धक परम्परा कट्टेल रहेका थिए । कार्यक्रममा कल्लेरि आविका प्रधानाध्यापक लोककुमारी थापा मगर , शिक्षिका शर्मिला खड्का , शाखा प्रबन्धक सुजन कट्टेल ,समाजसेवी मेख बहादुर थापा मगर थिए । 

उक्त कार्यक्रममा केन्द्र १६,१७,२३ र २५ का सदस्य तथा अभिभावक गरी १ सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।शाखा कार्यालय आरु घाटका कार्यालय प्रमुखको शाखाको पछिल्लो वित्तीय साक्षरताको  बारेमा बताउनुका साथै आफूले लगेको कर्जाको सही सदुपयोग भएको खण्डमा मात्र समग्र  वित्तीय संस्थाका साथै आम सदस्य दिदीबहिनीको भविष्य उज्ज्वल हुने भनाइ राखे ।

अतिथि लोककुमारी थापा मगरले संस्थाले गाउँघरमा सहजै कर्जा सेवा प्रदान गर्दा महँगो ब्याजबाट मुक्त भइ महिलाहरू बन्न् सफल भएकाे बताइन् । साथै, लघुवित्तले सहजै कर्जा सस्ताे कर्जा उपलब्ध गराएकाले सम्पूर्ण सदस्यहरूलाई निर्धक्कका साथ बचत तथा कर्जा कारोबार गर्न अनुरोध समेत गरिन् ।

लघुवित्त क्षेत्रमा दुई दशक अनुभव बटुलेका विशिष्ट अतिथि परम्परा कट्टेलले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा बताए । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिनुका साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबारे गलत अफवाहको पछि कोही पनि लाग्न नहुने र सत्यको पछि लाग्नुपर्ने बताए ।

संस्थाले स्थापना कालदेखि सामाजिक आर्थिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको, केही गर्ने जोस जागर भएरपनि पुँजीको अभावमा बसिरहेका दिदीबहिनीलाई जोड्दै उनीहरूलाई उद्मशिलतामार्फत् आत्मनिर्भरको बाटोतिर अगाडि बढाउँदै गइरहेको बताए । साथै, आगामी दिनमा समेत प्रविधि युक्त समाजमा संस्थाले पनि प्रविधि भरपुर प्रयोग गरी सहज ढङ्गले आफ्ना सेवा सुविधाहरू प्रदान गर्दै जाने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कर्णबहादुर मगरले आजलाई भन्दापनि भोलि आउने अप्ठ्यारोहरूलाई चिर्न बचत गर्नुपर्ने र आफ्नो आवश्यकताअनुसार कर्जाको लागि नियमित रूपमा किस्ता तिर्नुपर्ने कुरालाई जोड दिएका थिए । संस्थाका कर्मचारी सागर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अर्का कर्मचारी भरत बहादुर रावलले गरेका थिए ।