मोवाइल एपः ब्यक्तिगत विवरणमा एपको पहुँच हुदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने ?

मोवाइल एपः ब्यक्तिगत विवरणमा एपको पहुँच हुदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 

हामीले प्रयोग गर्ने सबै एपहरु जस्तै, फेसबुक, गुगल लगायतको हाम्रो व्यक्तिगत विवरणमा पहुँच राख्छन् । यस किसिमको एपहरु प्रयोग गर्न जब हामीले साईअफ गछौं, त्यही समयमा नै यी एपहरुलाई हाम्रो विवरण संकलन गर्न हामीले सहमति दिएका हुन्छौं । 

हामीले एपहरुलाई हाम्रो व्यक्तिगत विवरण प्रयोग गर्न कसरी अनुमति दिएका हुन्छौं त ? 

साइबर सुरक्षा विज्ञ मोनिल अधिकारी भन्छन्,फेसबुक, टिकटक जस्ता एपहरुले त्यो एप सँगको एसोसिएट तथा फोटोको फाईलहरु वा भिडियोको फाईलको नामहरु, स्किृनको रेजुलुसन लगिरहेको हुन्छ । तपाईले के सर्च गरिरहनु भएको छ, त्यो एपमा त्यसको समेत जानकारी लगिरहेको हुन्छ ।
हाम्रो ब्यक्तिगत विवरणहरु यी एपहरुले कस्तो प्रायोजनको लागि प्रयोग गर्न सक्छ ?
कम्पनीको हिसाबले उनीहरुको मुख्य काम भनेको नै कि त तपाईको प्रयोग गर्ने अनुभव या एप चलाउने अनुभवलाई अझै राम्रो बनाउँनको लागि डेटा लिईरहेको हुन्छ साथै, तपाईलाई आवश्यक पर्न सक्ने विज्ञापन पठाउन तपाईको डेटा प्रयोग गरिरहेको हुन्छ ।

यस किसिमको जोखिमबाट कसरी सुरक्षित हुन सकिन्छ ?

आईफोन हो भने एप स्टोर, एनड्रोइड हो भने प्ले स्टोर लगाएतको अफिसियल मिडिया बाट मात्रै एप डाउनलोड गर्नु पर्छ । कुनै मान्छेले एउटा लिङ्कबाट एप डाउनलोड गर भन्र्यौ भने त्यस्तो बाट एप डाउनलोड गर्नु हुुदैन । 
नयाँ एप ईस्टल गरेपछि एकपटक राम्रो सँग हेर्नुपर्छ उसको पोलीसीहरु के–के छन्, भनेर एप चलाउँने हतारमा यदि हामीले सबैमा ठिक चिन्ह लगायौं भने, त्यो एपले तपाईको डेटा लग्ने मनसाय पनि हुन सक्छ । त्यसैले लोकेसन, तथा पल–पलको खबर सामाजिक सञ्जालमा हाल्नको लागि म एउटा साइबर विज्ञ भएको नाताले त्यस्तो गर्नु हुन्न भन्छु । 

कस्तो पासवर्ड राख्नु पर्छ ?

पासवर्ड भनेको फरक–फरक राख्ने र अनुमान लगाउन सजिलै पासवर्ड राख्ने चलन भएकोले पनि त्यस्तो नराख्ने गह्रो पासवर्डको प्रयोग गर्ने ।
सामान्यताय हामीले जन्ममिति, नाम, छोरा–छोरीको नाम लगायतको पासवर्ड प्रयोग गर्ने गछौं ।

कानुन कस्तो छ नेपालमा ?

नेपाल भित्र साइवर सुरक्षा ऐन भनेर रहेको छ, तर यसले केही हद सम्म काम भने गरेको छ । जस्तै, डेटा सुरक्षीत राख्नु पर्छ, डेटा लिक भएको अवस्थामा अधिकार प्राप्त संस्थाहरुलाई डेटा लिक भएको अवस्थमा खुलाउँनु पर्छ भनेर । साथै, कतिपय कम्पनीहरुले एप सँग मिलेर खुलाइ रहेका पनि छन् ।
वीवीसी