काठमाडाैं – लगातार पाँच दिनदेखि घटेकाे शेयर बजारमा आज मंगलबार भने सामान्य वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ५४ अंकले बढेसँगै बजार २६ सय ८३ दशमलव ८६ अंकको बिन्दुमा बन्द भएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर किनेबच हुँदा ७ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।
आज दिनभरिमा २९९ कम्पनीको १ करोड ३९ करोड ६८ लाख २५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड माथिको शेयर कारोबार भएको छ । आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गार्डियनका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन पाँच वटा उपसूचकमा हरियाली आएको छ भने ८ उपसूचक राताम्य भएका छन् ।



About Us
प्रतिक्रिया