पुससम्म शेयर धितो कर्जा प्रवाहमा नबिल र ग्लोबल अगाडि, अन्य बैंकको कति ?


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले १९ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पुससम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १९ वटा बैंकहरुले पुससम्म ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन् ।

गत वर्ष वाणिज्य बैंकहरूले ६५ अर्ब ८६ करोड १९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । तुलनात्मक रूपमा अघिल्लो वर्षको तुलनामा शेयर लोन ३८.९९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा १७ वटा बैंकको शेयर लोन प्रवाह बढ्दा २ वटाको घटेको छ । पुषसम्म सबैभन्दा बढी नबिल बैंकले १२ अर्ब ६० करोड ९२ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ११ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, कुमारी बैंकले ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ ।

यसैगरी, सिद्धार्थ बैंकले ८ अर्ब ३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकले ७ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकले ६ अर्ब ५३ करोड १५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५ अर्ब ९७ करोड ८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ शेयर प्रवाह गरेको छ ।

समिक्षा अवधिमा प्रभु बैंकले ४ अर्ब २३ करोड ९० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले २ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ ।

त्यस्तै, पुससम्म सानिमा बैंकबाट २ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ९३ करोड २ लाख रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ९० करोड २ लाख शेयर लोन प्रवाह भएको छ। पुषसम्म एनएमबि बैंकबाट १ अर्ब ७७ करोड २१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४७ करोड ७३ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ ।