सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ 

सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ 

                                ‘तीन दिनमा २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य’ 


काठमाडौं – नेपाली बजारमा केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार पनि तोलामा ६ सय रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज  छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको छ। आइतबार तोलामा १ सय रुपैयाँले बढेको सुन सोमबार १४ सय रुपैयाँले बढेको थियो ।

हिजो सुन तोलामा १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। यससँगै चाँदी १९ सय ४५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।