प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।