शेयर बजार

साताको शेयर कारोबार: परिसूचक ४२ अंकले घट्दा ५१ अर्ब बढीको कारोबार


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन शेयर बजारमा उत्साहजनक वृद्धि  देखियो । आइतबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७० अंकको हाराहारीमा बढ्यो । त्यसदिन नेप्सेमा  ६९ दशमलव ८० बढेसँगै बजार २७ सय २७ दशमलव ५८ अंकको बिन्दुमा पुगेको थियो । जुन वृद्धि झन्डै २ महिना पछाडिको थियो । यसअगाडि गत मंसिर २७ गते पश्चात् बजार २७ सयको बिन्दुमा पुगेको थिएन ।  आइतबार भारी अंकको वृद्धिसँगै २७ सय माथि उक्लिएको शेयर बजार सोमबार पनि बढ्यो । त्यसिदन नेप्सेमा झिनो अर्थात् २ दशमलव ४१ अंकको वृद्धि देखिएसँगै २,७३० को विन्दुमा बन्द भयो । 

आइतबार र सोमबार लगातार बढेको बजारमा मंगलबार भने करेक्सन देखियो । मंगलबार नेप्से १४ दशलमव ०८ अंकले घटेर २,७१५ दशमलव ९१ को को विन्दुमा कायम भयो । त्यसदिन नेप्सेसँगै कारोबार रकममा समेत गिरावट देखियो । मंगलबारबाट ओरालो यात्रा तय गरेको नेप्सेले बुधबार र बिहीबार पनि सोही क्रमलाई निरन्तरता दियो । बुधबार नेप्से ४ दशमलव ४५ अंकले घटेर बजार  २७ सय ११ दशमलव ४५ को बिन्दुमा बन्द भयो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ११ दशमलव ६४ अंकले घटेर बजार २६ सय ९९ दशमलव ८१ को बिन्दुमा बन्द भयो । 

कुन दिन कति कारोबार?

आइतबार –  १२ अर्ब ९५ करोड रुपैयाँ
सोमबार –  ११ अर्ब ८७ करोड रुपैयाँ
मंगलबार – ८ अर्ब ९१ करोड रुपैयाँ 
बुधबार –८ अर्ब ९५ करोड रुपैयाँ
बिहीबार– ९ अर्ब २४ करोड रुपैयाँ

गत साता ३ दिन कारोबार हुँदा बजार २६ सय ५७ दशमलव ७७ अंकको बिन्दुमा बन्द भएको थियो। यो साताको अन्तिम कारोबारको दिन बिहीबार ११ दशमलव ६४ अंकले घटेर बजार २६ सय ९९ दशमलव ८१ को बिन्दुमा बन्द भएको छ । समग्रमा नेप्से परिसूचकमा यो साता ४२ दशमलव ०४ अंकको गिरावट देखिदा ५१ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । गत साता २७ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।