काठमाडौं – यो साताको आइतबार र सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो । अघिल्लो साताको शुक्रबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार र सोमबार सोही मूल्यमा कारोबार भयो ।
लगातार दुई दिनसम्म स्थिर रहेको सुनको मूल्यमा मंगलबार, बुधबार र बिहीबार भने वृद्धि देखियो । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको थियो । यस्तै, बुधबार र बिहीबार क्रमशः २२ सय रुपैयाँ र १ हजार ६०० रुपैयाँले बढेको थियो । साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो ।
कुन दिन कति थियो सुनको मूल्य ?
आइतबार– १ लाख ६२ हजार ८ सय रुपैयाँ (स्थिर)
सोमबार– १ लाख ६२ हजार ८ सय रुपैयाँ (स्थिर)
मंगलबार – १ लाख ६४ हजार ७०० रुपैयाँ
बुधबार– १ लाख ६६ हजार ९ सय रुपैयाँ
बिहीबार –१ लाख ६८ हजार ५०० रुपैयाँ
शुक्रबार– १ लाख ६८ हजार १ सय रुपैयाँ
यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार, बुधबार, बिहीबार वृद्धि देखियो भने शुक्रबार घट्यो । यो साता समग्रमा सुनको मूल्यमा ५ हजार ३ सय रुपैयाँको वृद्धि देखिएको छ । आइतबार १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया