काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघले नयाँ नेत्तृत्व पाएको छ । संघको नयाँ अध्यक्षको रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैद्यबार, क्षेत्री निर्विरोध निर्वाचित भएका हुन् ।
महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल वल्लभ पन्त निर्वाचित भएका छन् ।निर्वाचन समितिका अनुसार उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोक कुमार खड्का, एनएलजी इन्स्योरेन्सका सुनिल वल्लभ पन्त महासचिव, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरू क्रमशः प्रभू इन्स्योरेन्सका सञ्चित बज्राचार्य,ओरिएन्टल इन्स्योरेन्सका टोटोन चक्रवर्ती र हिमालयन एभरेष्ट इन्स्योरेन्सकी अञ्जु श्रेष्ठ चयन भएका हुन् ।
यस अघि संघको अध्यक्षको रुपमा सगरमाथा लुम्बिनी सलिको इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री रहेका थिए ।





About Us
प्रतिक्रिया