शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

‘तोलामा ४ सय रुपैयाँले घट्यो सुन’


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९८५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियाे ।