काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । मंगलबार र बुधबार दुवैदिन बढेकाे सुनकाे मूल्य आजपनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार ६०० रुपैयाँले बढेसँगै सुन १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन भने सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार सुन १ लाख ६४ हजार ७ सय रुपैयाँ कायम कारोबार भएको थियो।
हिजो सुनको मुल्य १ हजार ९ सय रुपैयाँले बढ्दा मंगलबार १ हजार ९ सय रुपैयाँले बढेकाे थियाे । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया