बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त


काठमाडौं – नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिको आज बसेको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सुवेदीको कार्यसम्पादनका आधारमा कार्यकारी निर्देशकमा नियुक्त भएको बताइएको छ । बरिष्ठताका आधारमा सुवेदीभन्दा माथी कमलराज रेग्मी थिए । तर, कार्यसम्पादनका आधारमा सुवेदी कार्यकारी निर्देशक बनेका हुन् ।

यससङ्गै, विगत लामो समयदेखी रिक्त रहेको कार्यकारी निर्देशकको पदपूर्ति भएको छ । समितिले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा रहेकामध्ये सुवेदीले ७७.१९ अंक पाएका छन् ।

कार्यकारी निर्देशकको दौडमा सुवेदीसङ्गै कमलराज रेग्मी र पुजन ढुङ्गेल अधिकारी थिए । उनिहरूमध्ये प्राधिकरण अध्यक्ष मदन दहाल नेतृत्वको पदपूर्ति समितीले उच्च अंक प्राप्त गरेका सुवेदीलाई नियुक्त गरेको जानकारी दिएको छ ।