फेरी न्यायिक हिरासतमा लामिछाने, बिहीबार १० बजे नै अदालत लगिने

फेरी न्यायिक हिरासतमा लामिछाने, बिहीबार १० बजे नै अदालत लगिने


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुने गरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको छ ।

बुधवार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ ।

अन्यको बहस भोलि अदालत खुलेपछि सुरु हुने बताइएको छ । लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो।