दोस्रो दिनपनि घट्यो शेयर बजार, ४ अंकले परिसूचक घट्दा ८ अर्बको कारोबार

‘बैंकिङ्ग समूह ० दशमलव २६ अंकले घट्यो’


काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजपनि ४ दशमलव ४५ अंकको गिरावट देखिएको छ । परिसूचक घटेसँगै आज बजार २७ सय ११ दशमलव ४५ को बिन्दुमा बन्द भएको छ। हिजाे नेप्से १४ दशलमव ०८ अंकले घटेर २,७१५ को विन्दुमा कायम भएको थियाे ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावरको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोेका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदाण्यिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज बैंकिङ्ग समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।