काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको छ ।
यससँगै छापावाल सुन १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६४ हजार ७ सय रुपैयाँ कायम कारोबार भएको थियो। हिजो सुनको मुल्य १ हजार ९ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया