काठमाडौं – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति) रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् । बुधबार १० बजे नै उनी चितवन अदालत उपस्थित भएका हुन् ।
सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविविरुद्ध जिल्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
चिवतनमा रविको बयान लिएसँगै थुनछेक बहस सुरु हुनेछ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
प्रतिक्रिया