बैंकिङ्ग निक्षेप बढ्दा कर्जा प्रवाहमा सामान्य गिरावट


काठमाडौं – केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप बढ्दा कर्जा प्रवाह सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको माघ २० गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब १४ अर्ब रूपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि सामान्य वृद्धि देखिएको छ । माघ १९ गते ५९ खर्ब ८३ अर्ब रूपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २० गते ५९ खर्ब ८६ अर्ब रूपैयाँ संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाहमा सामान्य गिरावट देखिएकाे छ। माघ १९ गते ५४ खर्ब २१ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब २० अर्ब रूपैयाँ रकम बरारबको कर्जा प्रवाह भएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जामा पनि सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन ४८ खर्ब ८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २० गते ४८ खर्ब ७ अर्ब रूपैयाँ प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।