सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा


काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीलाई लक्षित गर्दै लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।