आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'ताेलामा १९ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य'


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भइरहेकाे छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।