नेप्से २ दशमलव ४१ अंकले बढ्याे, कारोबार ११ अर्ब माथि 

‘बैंकिङ्ग समूह ० दशमलव ५४ अंकले बढ्यो’ 


काठमाडाैं – आइतबार भारी अंकको वृद्धिसँगै २७ सय माथि उक्लिएको शेयर बजार आज पनि बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अर्थात् २ दशमलव ४१ अंककाे वृद्धि देखिएकाे हाे । आज बढेकाे बजार २,७३० को विन्दुमा कायम भएको छ ।

आज ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआरएनको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ३५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन्। आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।

सनराइज फोकस्ड इक्विटी फन्डका इकाईधनीले ९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन्। आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।आज फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक घटेको छ। फाइनान्स सेक्टरको शेयर मूल्य १.०७ प्रतिशतले घटेको हो । साथै, विकास बैंक समूहको ०.३९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.४७ प्रतिशतले शेयर मूल्य घटेको छ।