सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुँदै

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुँदै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा आज जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ । सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नको लागि सम्पूर्ण तयारी गरिसकेको छ । यसअघि लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र एक करोड धरौटी बुझाएर रिहा भएका छन् ।

चितवनलगत्तै लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दाय हुने बताइएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बनमा राखिएको युक्तिसंगत नभएको भन्दै फुकुवाको मागसहित निवेदन हालेका छन् । तर, सभामुखले यसबारेमा कुनै निर्णय दिएका छैनन् ।

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।