वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्दो, कुन क्षेत्रमा कति लगानी ?

वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्दो, कुन क्षेत्रमा कति लगानी ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको बताएको छ । केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्ट सार्वजनिक गर्दै छ महिनामा २ खर्ब ६५ अर्ब ५६ करोड कर्जा लगानी भएको बताएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.० प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ९२ अर्ब ६४ करोड लगानी भएको थियो । त्यस्तै, राष्ट्र बैंकले वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको देखाएको छ ।

साथै, केन्द्रीय बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।
त्यसैगरी, छ महिनाको अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेकोकर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत रहेको बताएको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको बताएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २६.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५६.६ प्रतिशतले, हायर पर्चेज कर्जा ३.८ प्रतिशतले, नगद प्रवाह कर्जा ४.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष
कर्जा ९.८ प्रतिशतले घटेको बताएको छ ।