सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ


काठमाडौं – सहकारीको बचत अपचलन आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। सहकारीकाे बचत रकम अपचलन गरेको आरोपमा आइतबार प्रहरी कार्यालय म्याग्दीले उनलाई पक्राउ गरेको हो।

उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ। उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो ।

सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।