काठमाडौं – आरम्भ चौतारी लघुवित्तले दरखास्त आह्वान गर्दे विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा केही कर्मचारीका लागि आवेदन माग गरेको हो ।
वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने लघुवित्त संस्थामा क्रमशः ५ वर्ष, ४ वर्ष र ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
सुपरभाइजर र वरिष्ठ सहायकको हकमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सुपरभाइजर पदको कम्तीमा ४ वर्षको कार्य अनुभव ताेकिएकाे छ । वरिष्ठ सहायकको लागि ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
स्नातक तह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीले जनाएकाे छ । सहायक पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने लघुवित्त सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ।
अधिकृत तहको लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ भने सहायक तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा पाँच वर्ष उमेर थप हुने कम्पनीको भनाइ छ। इच्छुकले नागरिकले आवश्यक कागजातसहित फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।




About Us
प्रतिक्रिया