काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले २८ अर्ब बढी रकम कर्मचारी तलबमा खर्च गरेका छन् । बैंकहरुले ६ महिनामा २८ अर्ब ६३ करोड ६२ लाख ४१ हजार खर्च गरेका हुन् । छ महिनाको अवधिमा कर्मचारी तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंकमा कुमारी बैंक रहेको छ । बैंकले छ महिनाको अवधिमा कर्मचारी तलबमा २ अर्ब ५ करोड ८३ लाख ९० हजार खर्च गरेको छ ।
त्यस्तै, तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंकको दोस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले २ अर्ब १ करोड १३ लाख ३१ हजार कर्मचारी तलबमा खर्च गरेको हो । यस्तै, एनआईसि एशिया बैंकले १ अर्ब ९२ करोड ९४ लाख ७३, प्रभु बैंकले १ अर्ब ८७ करोड ५९ लाख १८ हजार, लक्ष्मी सन्राइज बैंकले १ अर्ब ८७ करोड ५७ लाख १४ हजार, नबिल बैंकले १ अर्ब ८६ करोड ६७ लाख ४२ हजार, ग्लोबल आइएमई बैंकले १ अर्ब ८४ करोड ४४ लाख ९१ हजार, नेपाल बैंकले १ अर्ब ७९ करोड ७३ लाख ४८ हजार रूपैयाँ खर्चिएकाे छ ।
यसैगरी कृषि विकास बैंकले १ अर्ब ७३ करोड ६१ लाख ३२ हजार, हिमालयन बैंकले १ अर्ब ५७ करोड ६७ लाख ४१ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड ४ लाख ५९ हजार, सिद्धार्थ बैंकले १ अर्ब ३५ करोड ४६ लाख ७९ हजार, एनएमबि बैंक १ अर्ब ३२ करोड ७२ लाख ८० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब १३ करोड ६६ लाख ४४ हजार खर्च गरेको छ ।
सबैभन्दा कम खर्चिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक
एभरेष्ट बैंकले ९१ करोड ८७ लाख ६३ हजार, प्राइम कमर्सियल बंकको ८५ करोड ९१ लाख, सिटिजन्स बैंकले ८३ करोड ८९ लाख १ हजार, सानिमा बैंकले ८२ करोड ७४ लाख ६६ हजार, नेपाल एसबीआई बैंकले ७३ करोड ७६ लाख ४६ हजार खर्चिएका छन् । कर्मचारी तलबमा सबैभन्दा कम खर्च गर्ने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले छ महिनामा कर्मचारी तलबमा ५४ करोड ३० लाख २३ हजार खर्च गरेको छ ।
प्रतिक्रिया