काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका लागि २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन् ।
हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ । फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ । माघ १५ गतेसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सकिने छ। हाल बजारमा शेयर मूल्य प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसा छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माघ १८ गते बुकक्लोज गरेको थियो। यसका आधारमा, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया