आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?

'आइतबार सुनकाे मूल्य स्थिर, चाँदीकाे सामान्य घट्याे'


काठमाडौं – आइतबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको मूल्य तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो ।