सन् २०२५ को बजेटबाट भारतले दियो मध्यमवर्गीलाई राहत, साढे १२ लाखसम्म कमाउँदा शून्य आयकर

सन् २०२५ को बजेटबाट भारतले दियो मध्यमवर्गीलाई राहत, साढे १२ लाखसम्म कमाउँदा शून्य आयकर


एजेन्सी – भारतले मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै आयकरमा ठूलो फेरबदल गरेर आर्थिक वर्ष २०२५/२६ को बजेट घोषणा गरेको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदी सरकारले चालू वर्षका लागि मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै बजेट ल्याएको हो ।

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आयकरमा ठूलै फेरबदलको घोषणा गरेकी हुन् । उनले बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०२५/२६ का लागि वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरिन् ।

वित्त मन्त्री सीतारमणको यो घोषणाले भारतमा रहेका ठूलो संख्याका मध्यमवर्गीय जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्छ । नयाँ कर व्यवस्थाअनुसार अब १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गर्दा आयकर लाग्ने छैन ।

नेपालमा भने अविवाहीत र विवाहीतका लागि आयकरको सिमा भिन्न भिन्नै छ । अविवाहीतको हकमा ५ लाख रुपैयाँसम्म वार्षिक आम्दानीमा १ प्रतिशत कर लाग्छ भने विवाहीतको हकमा ६ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था छ ।

(विभिन्न समाचारमाध्यमहरुको सहयोगमा)