साताको शेयर बजार: ३ दिन खुलेको बजारमा २७ अर्ब माथिको कारोबार 

साताको शेयर बजार: ३ दिन खुलेको बजारमा २७ अर्ब माथिको कारोबार 


काठमाडौं – गत साता ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ७३ को बिन्दुमा  बन्द भएको शेयर बजार यो  साताको आइतबार पनि घटेर सुरु भएको थियो । साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अंकले घटेको थियो । आइतबार नेप्से १०.४१ अकंले घटेर बजार २६ सय ४३ दशमलव ९३ बिन्दुमा बन्द भयो । 

साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट देखियो । आइतबार १० दशमलव ४१ अकंले घटेको नेप्से सोमबार पनि १० दशमलव ५४ अंकले घट्यो । सोमबार परिसूचक आइतबारकै हाराहारीमा घटेपनि कारोबार रकम भने खुम्चिएको थियो । आइतबार ९ अर्ब १२ करोड  रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार घटेर ८ अर्ब ९२ लाख रुपैयाँमा सीमित भयो । 

आइतबार र सोमबार लगातार घटेको बजारमा मंगलबार भने हरियाली छाएको थियो । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले अर्थात्  २४ दशमलव ५० अंकले बढ्दै बजार २६ सय ५७ दशमलव ७७ अंकको बिन्दुमा बन्द भएको थियो ।  

कुन दिन कति कारोबार?
आइतबार–  ९ अर्ब १२ करोड रुपैयाँ 
सोमबार–  ८ अर्ब ९२ लाख रुपैयाँ 
मंगलबार – ९ अर्ब ४० करोड रुपैयाँ

यो साता ३ दिन खुलेको बजारमा समग्रमा २७ अर्ब ४४ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचकमा ३ दशमलव शून्य चार अंकको वृद्धि देखिएको छ । यो साताको बुधबार र बिहीबार भने सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द भयो । गत ६५ दशमलव ७३ अंकले परिसूचक बढ्दा ३६ अर्ब ६ करोड बढीको कारोबार भएको थियो ।