काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा गिरावट आएको थियो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रुपैयाँ घट्यो। आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको थियो ।
मंगलबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार एक हजार चार सय रुपैयाँ बढ्यो । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको थियो । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य तोलामा २३ रुपैयाँले बढेको थियो ।
कुन दिन कति मूल्य थियो ?
आइतबार – १ लाख ६० हजार ४ सय रुपैयाँ
सोमबार– १लाख ६० हजार १ सय रुपैयाँ
मंगलबार– १ लाख ५९ हजार २ रुपैयाँ
बुधबार– १ लाख ६० हजार ६ सय रुपैयाँ
बिहीबार– १ लाख ६० हजार ५ सय रुपैयाँ
शुक्रबार– १ लाख ६२ हजार आठ सय रुपैयाँ
याे साता आइतबार, सोमबार, मंगलबार बिहीबार सुनकाे मूल्य घटेको थियो । यस्तै, शुक्रबार र बुधबार दुई दिन बढेको सुनको मूल्यमा समग्रमा २४ सय रुपैयाँको वृद्धि देखिएको छ । याे साताको आइतबार १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । गत साता सुन प्रतितोला ३५ सय रुपैयाँले बढेको थियो। सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ ।
प्रतिक्रिया