शिखर इन्स्योरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?


काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।