काठमाडौं – एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
बैंककाअनुसार विभिन्न शेयरधनीहरूले ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन् । बैंकको शेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् ।
सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया