तोलामा १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।