अमेरिकामा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

अमेरिकामा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए


काठमाडौं – अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। उक्त घटना बारे थप विवरण भने आएको छैन । विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ।