काठमाडौं – प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५’ इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको आयोजकले जानकारी दिएको छ ।
इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी बिश्वविद्यालयरकलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशी ले बताए ।
इन्फोटेकको शीर्ष प्रायोजक आईएनजीस्क्रीन सागरमाथा आईटी ट्रेडर्सले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित एसी लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । क्यान इन्फोटेकका लागि बिभिन्न सरकारी, स्थानीय तह संघ संस्था लाई निमंत्रण गरी भीआइपी पासको समेत व्यवस्था गरेको छ ।
यस्तै, बिहान ९ देखी साढेसम्म स्कुल, कलेज तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । करिब २८ वटा स्टलसहित सञ्चालन भइरहेको यो प्रदर्शनी माघ २२ सम्म चल्ने छ । यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया