सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ?


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगाना मार्फत माघ २० सम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ। आवेदन लागि ३५ / ४० वर्षकाे उमेर हद ताेकिएकाे छ भने २ वर्षकाे अनुभव ताेकिएकाे छ ।