काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । आइतबार, सोमबार, मंगलबार लगातार घटेको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला छापावाल सुन १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया