सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक बिदामा पनि सेवा दिँदै बैंकहरू, कुन बैंकको कुन शाखा खुल्छन् ? 

सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक बिदामा पनि सेवा दिँदै बैंकहरू, कुन बैंकको कुन शाखा खुल्छन् ? 


काठमाडौं – शहीद दिवस र सोनाम ल्होसारकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । सरकारले दुई दिन सार्वजनिक बिदा दिएपनि बिदाका दिनमा पनि केही बैंकले ग्राहकलाई सेवा दिइरहेका छन् ।

बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुन्छन् । तर, आज सार्वजनिक बिदा भएपनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्णरूपमा सेवा नदिएपनि केही शाखाहरू मार्फत् सेवा दिइरहेका छन् ।

दुई दिन सार्वजनिक बिदामा खुल्ने बैंकका शाखाहरूमा कोसी प्रदेश शाखा विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुर, प्रदेश कार्यालय वीरगन्ज, बागमती प्रदेश कार्यालय काठमाडौं, प्रदेश कार्यालय वीरेन्द्रनगर, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय भैरहवा, प्रदेश कार्यालय दाङ, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कर्पोरेट शाखा रामशाहपथ रहेको छ । यसैगरी, अन्य बैंकहरूले पनि विभिन्न शाखा मार्फत सेवा दिइरहेका छन् ।