काठमाडौं – मंगलबार कारोबार भएपछिको शेयर बजार आगामी आइतबार मात्रै खुल्ने भएको छ । आज र भोलि (बुधबार र बिहीबार) सार्वजनिक बिदा परेका शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछ्न्।
सरकारले आज शहीद दिवसका दिन देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार सोनामा ल्होसार भएकाले भोलि पनि शेयर बजारसहितका बैंक तथा वित्तीय संस्था आदि बन्द रहनेछन् । शुक्रबार र शनिबार पनि शेयर बजार बन्द रहनेछ । अर्को कारोबार अब आगामी आइतबार मात्रै हुनेछ ।
शेयर बजार आज बुधबार र भोलि बिहीबार बन्द रहने भएको छ। दुवै दिन सार्वजनिक बिदा परेकोले शेयर बजार पनि बन्द रहने भएको हो। शेयर बजार बन्द रहेपनि बैंक वित्तीय संस्था, सरकारी कार्यालय भने शुक्रबार खुल्नेछन् ।
शेयर बजार अब आउँदो आइतबार मात्रै खुल्नेछ। हिजो मंगलबार शेयर बजार २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको छ। कारोबार पनि बढेर ९ अर्ब ४० करोड रुपैयाँ बढीको भएको थियो।
प्रतिक्रिया