सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइज बैंकका कुन-कुन शाखा कति बजेसम्म खुल्ला रहन्छन् ?

सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइज बैंकका कुन-कुन शाखा कति बजेसम्म खुल्ला रहन्छन् ?


काठमाडौं – लक्ष्मी सनराइज बैंकले सार्वजनिक बिदाको दिनपनि सेवा दिने भएको छ । बैंकले माघ १६ गते सहिद दिवस र १७ गते सोनाम ल्होसारको अवसरमा परेको सार्वजनिक बिदाको समयमा पनि सेवा दिने भएको हो ।

दुवै सार्वजनिक बिदाको दिन बैंकले आंशिक रूपमा सेवा दिन भएको हो। बैंकले सार्वजनिक बिदाको दिन सातै प्रदेशमा रहेका विभिन्न शाखाहरू मार्फत सेवा दिने जानकारी दिएको छ। बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने भएको हो ।