काठमाडौं – भोलि (माघ १६) गते र पर्सि (माघ १७) गते दुई दिन सार्वजनिक बिदा रहेको छ । माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनाम ल्होसार भएकाले सार्वजनिक बिदा भएकाले सार्वजनिक बिदा हुने भएको हो ।
तर, कृषि विकास बैंकले भने दुवै सार्वजनिक बिदाको दिन सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दे ग्राहकहरुलाई मध्यनजर दुवै दिन सेवा दिने गरेको जानकारी दिएको छ। बैंकले देशभरका ११ शाखाहरूबाट पूर्णकालीन सेवा दिने भएको हो।
दुई दिन सार्वजनिक बिदामा खुल्ने बैंकका शाखाहरूमा कोसी प्रदेश शाखा विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुर, प्रदेश कार्यालय वीरगन्ज, बागमती प्रदेश कार्यालय काठमाडौं, प्रदेश कार्यालय वीरेन्द्रनगर, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय भैरहवा, प्रदेश कार्यालय दाङ, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कर्पोरेट शाखा रामशाहपथ रहेको छ ।
प्रतिक्रिया