कारबाही प्रक्रियामा नै रहेका निर्देशक आचार्यलाई राष्ट्र बैंकले गर्यो पुनर्बहाली

कारबाही प्रक्रियामा नै रहेका निर्देशक आचार्यलाई राष्ट्र बैंकले गर्यो पुनर्बहाली


काठमाडौं – नेपाल राष्ट्र बैंककी एक उच्च महिला अधिकारीलाई दुर्व्यवहार गरेपछि सेवाबाट बर्खास्त भएका राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई राष्ट्र बैंकले पुनर्बहाली गरेको छ । प्रशासकीय अदालतको आदेशअनुसार आचार्यलाई आइतबारदेखि सेवामा पुनः फिर्ता गरेको केन्द्रीय बैंकले जनाएको हो ।

सञ्चालक समितिको बैठकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई २०८० चैत ६ गतेदेखि लागू हुने गरी बर्खास्त गरेको थियो । आचार्यमाथि एक कार्यक्रममा राष्ट्र बैंककै एक उच्च पदस्थ महिला अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका शीर्ष नेतृत्वमा रहेकी महिला कर्मचारीमाथि मद्यपान पश्चात् दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । काममा पुनर्बहाली भएतापनि आचार्यमाथि महिला माथि दुर्व्यवहार गरेको आरोपमा पुनः कारबाही प्रक्रिया भने अघि बढ्नेछ ।