काठमाडाैं – केन्द्रीय बैंककाे पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा गिरावट देखिएको छ । सोही अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको माघ १२ गतेको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन ६७ खर्ब ६ खर्ब निक्षेप रहेको थियो ।
सोही समयमा वाणिज्य बैंकहरूबाट निक्षेप संकलन पनि घटेको छ । माघ ११ गते ५९ खर्ब ७२ अर्ब संकलन गरेका वाणिज्य बैंकहरूले भोलिपल्ट ५९ खर्ब ६९अर्ब संकलन गरेका छन् । यस्तै, सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । माघ ११ गते ५४ खर्ब १२ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब १३ रुपैयाँ कर्जा प्रवाह भएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरूले गर्ने कर्जा प्रवाह स्थिर रहेको छ । माघ ११ गते ४७ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४५ प्रतिशत रहेको केन्द्रीय बैंककाे तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया