लगातार तेस्रो दिन पनि घट्याे सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

लगातार तेस्रो दिन पनि घट्याे सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

'तीन दिनमा १४ सय रूपैयाँले घट्याे सुन'


काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार र सोमबार घटेको सुनको मूल्य आज पनि प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ सय रुपैयाँ र आइतबार २ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।